शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हलिउड अभिनेताको ‘अनुहार’ को कपिराइटको मामिला के हो ?

आइतबार, १६ असोज २०७९, १३ : १६
आइतबार, १६ असोज २०७९

अभिनेता ब्रुस विलिसले आफ्नो अनुहार प्रयोग गर्न अधिकार दिएको भन्ने खबरलाई उनका म्यानेजरले खण्डन गरेका छन् । अघिल्लो हप्ता अभिनेताले आफ्नो अनुहार प्रयोग गर्ने अधिकार डिपकेक नामको कम्पनीलाई बेचिदिएको भन्ने खबर सार्वजनिक भएको थियो । यदि यस्तो भएको भए यो आफैँमा पहिलो र निकै अचम्मको सम्झौता हुने थियो ।

यद्यपि, अभिनेताका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा कम्पनीसँग उनको कुनै सम्झौता वा पार्टनरशीप नभएको स्पष्ट पारेका छन् ।​ डिपकेक कम्पनीका एक प्रतिनिधिले विलिससँग मात्रै उनको अनुहार प्रयोग गर्ने अधिकार भएको बताए ।

यसै वर्ष मार्चमा आफ्नो रोगबारे पत्ता लागेपछि विलिसले अभिनयबाट अवकाशको घोषणा गरेका थिए । उनलाई अफेजिया छ । यो एउटा यस्तो समस्या हो जसको असर बोल्नमा पर्छ ।​ डिपकेक असाध्यै वास्तविक जस्तो देखिने भिडियो बनाउनका लागि एक आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ टेक्नोलोजी हो जसले धेरैजसो नेता र सेलिब्रिटीको भिडियो बनाउँछ । यो प्रविधि ती अभिनेताका लागि असाध्यै क्रान्तिकारी हुनसक्छ जसले अब अभिनय गर्दैनन् ।

थुप्रै मिडिया संस्थाले आफ्नो अनुहार प्रयोगको अधिकार बेच्ने ब्रुस विलिस पहिलो अभिनेता हुनेछन् भनेर खबर दिएको थियो । यद्यपि, यी दाबी गलत प्रमाणित भए ।

साँचो यो हो कि विलिसले अघिल्लो वर्ष रुसी टेलिकम कम्पनी मेगाफोनका लागि एक विज्ञापन गरेका थिए जसमा डिपकेकको प्रयोग गरिएको थियो । यसमा जुन प्रविधिको प्रयोग गरको थियो त्यो डिपकेकले बनाएको थियो ।

डिपकेकले बीबीसीलाई दिएको जानकारी अनुसार उक्त विज्ञापनका लागि कम्पनीले विलिसको टिमसँग नजिकको सहकार्य गरेको थियो । कम्पनीले भनेको थियो, ‘उनले आफ्नो डिजिटल जुम्ल्याहा बनाउनका लागि अनुमति र सामान उपलब्ध गराएको कुरा साँचो हो ।’

यद्यपि, अभिनेताका म्यानेजरका अनुसार ब्रुस विलिस र डिपकेक कम्पनीबीच कुनै पनि सम्झौता वा पार्टनरशीप भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप