मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ठाडा दहमा डुबेर एक व्यक्तिको ज्यान गयो

आइतबार, १६ असोज २०७९, १३ : २२
आइतबार, १६ असोज २०७९

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको ज्यान गएको छ । दहमा डुबेका शितगंगा ३ दह निवासी ३७ वर्षीय खिम बहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो ।

बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाकाे प्रहरी टाेली र स्थानीयले पानी मुनि हिलाेमा गढेको अवस्थामा उद्धार गरेका थिए ।

उद्धार गर्नासाथ नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्‍याइएकाे थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भए पनि अन्यत्र पठाउने तयारी गरिएको छ ।

पानी मुनीबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक हाेमनाथ रेग्मीले बताए । "यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैन" रेग्मीले भने "तर उहाँ जीवित भने हुनुहुन्न ।" नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् । – न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप