बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिकको सूचीमा नपरेपछि कांग्रेस नेता गुप्ताले दिए पदबाट राजीनामा

आइतबार, १६ असोज २०७९, १५ : ३८
आइतबार, १६ असोज २०७९

नेपाली कांग्रेसले समानुपातिक सूचीमा नराखेको भन्दै मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उनले गुनासो गरेका छन् ।

‘म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो । कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत वेवास्था गर्‍यो ,’ शनिबार निकालेको विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।


अपाङ्ग भएका व्यक्तिको कुरै नसुनी राजनीति रुपमा बेइमानी गरिएकाले सूचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख पद राजीनामा दिएको उनले घोषणा गरेका छन् । संविधानले दिएको अधिकारलाई पार्टीले हनन् गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप