घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम
जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएका छन् । कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौँ घोडा दौड प्रतियोगिता’ मा बोहोरा खुलातर्फ प्रथम भएका हुन् ।
प्रथम हुने बोहोरालाई रु पाँच हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । द्वितीय र तृतीय सोहीका गाउँका क्रमशः शङ्कर रोकाया र विपेन बोहोरा भएका छन् । उनीहरुलाई रु तीन हजार र रु दुई हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
स्वस्थ घोडातर्फ चन्दननाथ नगरपालिका–१० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका–५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी द्वितीय र गुठीचौर गाउँपालिका–२ कुडीका मुनसुर बोहरा तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई रु पाँच हजार, रु तीन हजार र दुई हजार पुरस्कार प्रदान गरिएको क्लबका सहसचिव धनराज सुनारले बताए ।
त्यसैगरी चाल तथा कदमतर्फ चन्दननाथ नगरापलिका–८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका–१ गडीगाउँका हरिप्रसाद बस्नेत द्वितीय र गुठीचौर गाउँपालिका–२ कोल्तेका कालीप्रसाद बोहोरा तृतीय भएको सहसचिव सुनारले जनाए । उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ३३ वटा घोडा सहभागी रहेको आयोजक क्लबले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा