शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हालान्डको रेकर्डमा सिटीको गोलवर्षा

आइतबार, १६ असोज २०७९, २० : ५६
आइतबार, १६ असोज २०७९

अर्लिङ हालान्ड प्रिमियर लिगमा घरेलु मैदानमा खेलिएका लगातार तीन खेलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दा म्यानचेस्टर सिटीले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि सहज जीत हासिल गरेको छ । हालान्ड र फिल फोडेनले ह्याट्रिक गर्दा युनाइटेडले ६–३ को लज्जास्पद हार बेहोर्न बाध्य बनेको हो ।

खेलको आठौँ मिनेटमा नै फिल फोडेनले सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि हालान्डले ३ मिनेट अन्तरमा दुई गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । ४४ औँ मिनेटमा फोडेनले सिटीका लागि चौथो गोल थपे ।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको युनाइटेडका लागि एन्टोनीले एक गोल फर्काए तर त्यसपछि हालान्ड र फोडेनले आफ्नो ह्याट्रिक पुरा गर्दै सिटीलाई ६–१ को अग्रता दिलाए । खेलको अन्त्यतिर एन्टोनी मार्सियालले दुई गोल थपे पनि ती गोल सान्त्वना गोलमात्र मात्र बन्न पुगे ।

हालान्डले यसअघि नोटिङहम फरेस्ट र क्रिस्टल प्यालेसविरुद्ध ह्याट्रिक गरेका थिए । यो सिजन उनले १० खेलमा १७ गोल गरिसकेका छन् । ८ खेलपछि सिटी २० अंकसहित दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको युनाइटेड १२ अंकसहित छैटौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप