बेन्जेमा चुक्दा रियलको विजयी यात्रामा पूर्णविराम

person explore access_timeअसोज १७, २०७९ chat_bubble_outline0

१० खेलाडीमा सीमित ओसासुनाले साबिक विजेता रियल मड्रिडलाई स्पेनिस ला लिगामा १–१ को बराबरीमा रोक्न सफल भएको छ । करिम बेन्जेमाले पेनाल्टीबाट गोल गर्न चुकेपछि रियलले यो सिजन अंक गुमाएको यो पहिलोपटक हो ।


खेल १–१ को बराबरीको अवस्थामा रहेका बेला  ८० औँ मिनेटमा बेन्जेमाले हानेको पेनाल्टी क्रसबारमा लाग्न पुगेको थियो । पहिलो हाफको अन्त्यतिर भिनिसियस जुनियरले रियललाई खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै किके गार्सियाले खेल बराबरी गरे ।



डेभिड गार्सियाले बेन्जेमालाई लडाएपछि उनले रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो । रियलले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । ७ खेलपछि रियल र बार्सिलोनाको समान १९ अंक भए पनि गोलअन्तरको आधारमा बार्सा शीर्ष स्थानमा रहेको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।