मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘चाड आउँछ, ऋण बढाएर जान्छ’

सोमबार, १७ असोज २०७९, ०६ : २१
सोमबार, १७ असोज २०७९

सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त थिए । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उनका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् । 

काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ । उनले भने, “दशैँ आउँछ, पैसा नहुनेलाई तनावै बढाउँछ ।”

बिहान–बेलुका दुई छाक खानलाई दिनभरि श्रम गर्ने तामाङले ज्यालाबापत एक हजार तीन सय रुपियाँ पाउछन् । काम नभएका बेला दिनभरि त्यतिकै बस्नुपर्छ । उनले भने, “दशैँ आयो भनेर मात्रै हुँदैन । हामीलाई खर्च जोहो गर्न ऋण नै खोज्नुपर्छ । चाडबाड आउँछ, ऋण बढाएर जान्छ ।”

श्रम गरेर जुटाएको पैसा घर खर्च र छोरीको पढाइमै सकिने तामाङले बताए । उनले भने, “मासु किलोको एक हजार चार सय छ, ज्याला एक हजार तीन सय छ । अनि दशैँ आउँदा हर्ष मान्नु नै के छ र १”

दाङको दङ्गीशरण गाउँपालिका–७ की ५६ वर्षीया लक्ष्मीकुमारी चौधरी र दोलखा मैनापोखरीकी ३१ वर्षीया सुशीला खड्काको दैनिकी पनि श्रमिक तामाङको भन्दा फरक छैन । चौधरी निर्माण मजदुर  हुन् । खड्का डोकोमा तरकारी बेच्छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप