जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता

person explore access_timeअसोज १७, २०७९ chat_bubble_outline0

जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका २ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ । सोही गाउँका शंकर रोकाया दोस्रो र सोही वडा कोल्तेका विपन्न बोहरा तृतीय  भएका छन् । त्यस्तै, घोडा दौड प्रतियोगिता यो जुम्लाको पुराना संस्कृति हो । हरेक वर्ष दसैंको फुलपातीको दिनमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो । यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो । 


२०५६/०६७ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता घोडा दौड प्रतियोगिता रोकिएको थियो । तर, केही वर्षयतादेखि कर्णाली स्पोर्टस क्लव जुम्लाले चन्दननाथ नगरपालिका ५ राजसिम चौरमा पुरानो जुम्ली संंस्कृतिलाई जगेर्ना गर्दै आएको छ ।



यस वर्षको फुलपातीकै दिन छैंटौं पटक घोडा दौड प्रतियोगिता गरिएको हो । घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन वटा विधामा पुरुस्कार प्रदान गरिएको छ । 



त्यस्तै, पालिततर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका ५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी दोस्रो र गुठीचौर गाउँपालिका २ कुडीका मुनसुर बोहरा तृतीय भएका छन् ।

कदम तर्फ चन्दननाथ नगरापलिका ८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका १ गडीगाउँका हरिप्रसाद बस्नेत दोस्रो र गुठीचौर गाउँपालिका २ कोल्तेका कालिप्रसाद बोहरा तेस्रो भएको क्लवका अध्यक्ष सरोज शाहीले बताए ।

तीन वटै विधामा प्रथमलाई पाँच हजार द्धतियलाई तीन हजार र तृतियलाई दुई हजार पुरुस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । घोडा दौड प्रतियोगितामा ३३ वटा घोडा सहभागिता जनाएको क्लवका सहसचिव धनराज सुनारले बताए ।

पछिल्लो समयमा  घोडा दौड लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने, ‘यसको इतिहास ठ्याक्कै थाहा छैन । तर, यसअघि जुम्ला विमानस्थल पिच हुनुभन्दा अगाडि विमानस्थलमै घोडा दौड हुन्थ्यो ।’

 विमानस्थल पिच  भएपछि घोडा दौड हुन छोडेको अध्यक्ष शाहीको भनाइ छ ।  यस पटक घोडा दौड प्रतियोगितामा ३३ वटा घोडाको सहभागीता थियो  ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।