बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वार्ता समितिमा कुरा नमिलेपछि ओली र ठाकुरबीच छलफल

सोमबार, १७ असोज २०७९, ११ : २९
सोमबार, १७ असोज २०७९

चुनावी गठबन्धनका  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गठन गरेको वार्ता समिति र नेकपा एमालेको शीर्ष नेताबीच दुई तीनसम्म चलेको वार्तामा कुरा नमिलेपछि दुई पार्टीका अध्यक्ष नै छलफलमा जुटेका छन् ।

गठबन्धनको विषय टुंग्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको बीचमा छलफल भएको लोसपा नेपाल स्रोतले जनाएको छ ।

एमाले र लोसपाबीच गठबन्धन हुने कि नहुने विषयमा अध्यक्ष ठाकुरले अध्यक्ष अ‍ोलीसँग अन्तिम छलफल गर्ने बताइएको छ । दुई दलबीच भएको छलफलमा एमालेले चुनावी गठबन्धन विषयमा त्यति चासो नदेखाएको वार्तामा सहभागी एक नेताले बताए ।

मधेसमा शीर्ष नेताहरूले नै पार्टीमा प्रवेश गर्न थालेपछि एमालेले चुनावी गठबन्धनका लागि त्यति चासो नदेखाएको लोसपाका एक नेताले बताए । मधेस प्रदेशमा १९ सिट माग गरेको छ, जसपमा एमालेले सहमति जनाएको छैन । एमालेले लोसपालाई १० सिट मात्र दिन चाहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप