दसैँको अवसरमा नेपाली दूतावासले कतारमा रहेका नेपालीलाई टीका लगाईदिने
सोमबार, १७ असोज २०७९, ११ : ३८

नेपाली दूतावास कतारले कतारमा रहेका नेपालीलाई बडादसैँको अवसरमा टीका लगाईदिने भएको छ। दोहास्थित नेपाली दूतावासमा विजया दशमीको दिन (१९ असोज) कतारमा रहेका नेपालीलाई टीका तथा दुर्गा भगवतीको प्रसाद ग्रहण गर्ने कार्यक्रमको आयोजना गरेको हो ।
त्यस दिन कतारमा रहेका इच्छुक नेपालीहरुलाई राजदूतावासमा आएर टीका तथा दुर्गा भवानीको प्रसाद ग्रहण गर्न दूतावासले अनुरोध गरेको छ । दसैँको टीकाको दिन बिहान १०ः३० बजेदेखि अपरान्ह १२ः०० बजेसम्म टीका तथा प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
दसैँको अवसरमा यहि १८ र १९ असोज (अक्टोबर ४ र ५ तारिख) का दिन दूतावास बन्द रहनेछ। २० गतेदेखि भने नियमित रूपमा खुल्ला रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा पहिलोपटक मिर्गौला प्रत्यारोपण
-
चीनमा ५ वटा सवारी साधन ठोक्किँदा १६ जनाको मृत्यु
-
रास्वपा सरकारबाट बाहिरिँदा के भन्छन् प्रमुख छ दलका नेताहरु ?
-
त्रिभुवन विश्वविद्यालयमा स्नातक तह चौथो वर्षका विद्यार्थीहरू किन भइरहेका छन् आन्दोलित ?
-
सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु
-
समग्र पत्रकारितालाई बदनाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य : प्रेस युनियन