बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा

सोमबार, १७ असोज २०७९, १४ : १३
सोमबार, १७ असोज २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँको आठौँ दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा  दर्शन एवं पूजा गरेकी छन् । राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन् ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन्। 

जिल्लाको साबिक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्ति पीठमध्येको एक हो । काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो । यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप