शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खल्लो हुने भयो राउटेको यस पटकको दसैं, पाएनन् भत्ता

सोमबार, १७ असोज २०७९, १७ : १८
सोमबार, १७ असोज २०७९

तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने भन्नेमा चिन्तित छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दसैंको मुखमा भत्ता नपाउँदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन् ।  


दसैंका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरुको भत्ता नआउँदा सोचेजस्तो दशै नहुने राउटे मुखिया सूर्यनारायण  शाही बताउँछन् । पहिले समयमै भत्ता आउँथ्यो तर अहिले भत्ता नआएपछि आफुहरु दुःखी भएको राउटे मुखिया सूर्य नारायण शाही बताउँछन् । 

 ‘पहिले समयमै भत्ता पाउँथ्यौँ, दशै पनि  रमाइलो हुन्थ्यो,’शाहीले भने, ‘अहिले दशैमा भत्ता नपाएपछि अहिलेको दशैमा खुशी नभएर दुःखी छौँ हामी ।’

दैलेखको भगवतीमाई गाउँपालिका –१ बेस्तडा बाबियातडामा रहेका राउटे समुदायले भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दशै मनाउन नसकिने कुरामा चिन्तित देखिन्छन्  ।  ‘‘पछिल्लो सरकार आएदेखि आफुहरुले समयमै भत्ता पाएका छैनौँ । साउने संक्रान्तिमा पनि ढिलो गरि पायौँ अहिले दशैमा पनि पाएनौँ अब कसरी दशै मनाउने रु’ राउटे मुखिया शाहीले भने ।

समयमै भत्ता नपाएपछि राउटे बस्तीमा राउटेहरुलाई खाद्यान्न, नुन, तेललगायत दसैंका लागि आवश्यक पर्ने सामग्रीको अभाव ५ । सधैँजसो समयमै भत्ता पाएर खुसीसाथ दशै मनाउने राउटे समुदाय यो वर्ष अभावकै अभावमा दशै मनाउने मुखिया शाहीले बताए ।

दसैंको मुखमा राउटेका ४० परिवारका १ सय ४४ जनाको भत्ता रोकिएको हो । तीन महिनादेखि भत्ता पाएका छैनन् । पाँच बर्षदेखि राउटेका लागि दैलेखको गुराँस गाउँपालिकाले भत्ता वितरण गर्दै आएको थियो । तर, असोजमा पाउनुपर्ने भत्ता राउटेले पाएका छैनन् ।

 शुक्रवार साँझ मात्र वडा कार्यालयको खातामा पैसा आएको र आइतवार बैंक बन्द भएका कारण राउटेलाई भत्ता वितरण गर्न नसकिएको गुराँस गाउँपालिका ८ का वडा अध्यक्ष दिपेन्द्र वलीले बताए ।  ‘वडाको खातामा रकम ढिलो गरी आयो,’उनले भने, ‘आजदेखि बैंक बन्द भएपछि भत्ता उपलब्ध गराउन नसकिएको हो ।’

यता जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल दसैंको मुखमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने बताउँछन् ।

राउटे समुदायले हर्षोल्लासका साथ दशै मनाउन पाउनुपर्छ,’उनले भने,  ‘उनीहरुलाई भत्ता उपलब्ध गराउने पालिका र वडाले जताबाट भएपनि दशैमा भत्ता उपलब्ध गराउनुपर्छ ।’

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा बसाईंसराई गर्दै आएका राउटेलाई २०७४ असारदेखि गुराँस गाउँपालिका ८ कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालीको हो । वडा कार्यालयले फिरन्ते राउटेको बस्ती जहाँ पुग्छ, त्यही पुगेर भत्ता वितरण गर्दै आएको छ ।

पछिल्लो समय राउटे समुदायको बसाईंसराई छिटोछिटो भइरहेको छ । समुदायमा कसैको मृत्यु भए बस्ती सार्ने परम्परा छ । जनगणनाको तथ्यांकले राउटेको जनसंख्या घट्दै गइरहेको देखाउँछ ।

२०५८ सालमा १ सय ८० जनसंख्या रहेकोमा २०६८ को जनगणना घटेर १ सय ६६ रहेको थियो । गुराँस गाउँपालिकाले २०७४ सालमा लिएको तथ्यांक अनुसार १ सय ४९ रहेकोमा अहिले १ सय ४४ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप