शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आईएमई लुटपाट गर्नेमध्ये एक जना पक्राउ, ६ लाख नगद र ठुलो मात्रामा सुन बरामद

सोमबार, १७ असोज २०७९, २० : ३९
सोमबार, १७ असोज २०७९

सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकको आइएमई काउन्टरमा लुटपाट गर्नेमध्ये एक जना पक्राउ परेका छन् । प्रदेश नम्बर १ का डीआइजी सुदिप गिरीले लुटपाटमा संलग्नमध्ये एक जना पक्राउ परेको पुष्टी गरेका छन् । 

सोमबार बिहान ९ः३० बजे वीरेन्द्र चोकमा रहेको आइएमई काउन्टरबाट नगद र गरगहना लुटिएको थियो । नगद र गरगहना गरी करिब ९ करोड मूल्य बराबरको लुटपाट भएको दावी गरिएको थियो । यद्यपि प्रहरीले पक्राउ परेका एक जनासँग ६ लाख नगद र ठुलो परिमाणको सुन बरामद गरेको छ । 

प्रहरीले पक्राउ परेका व्यक्तिको जानकारी उपलब्ध गराएको छैन । प्रहरीका अनुसार लुटपाट भएकोमध्ये करिब ६५ प्रतिशत बरामद गरिएको बताएको छ । 

चार जनाको समूहमा आएका लुटेराहरूले ११ लाख ५० हजार नगद र ठुलो मात्रामा सुन लुटेर लगेको बताइएको छ । आइएमई सञ्चालकले करिब ९ करोड मूल्य बराबरको सुन र नगद लुटिएको दावी गरेपनि प्रहरीले भने त्यति ठुलो परिमाणको नगद र सुन लुटपाट नभएको बताएको छ । 

आइएमई सेन्टरमा कसैले सुन जाकटी राखेको र उक्त सुन लिन आइतबारदेखि नै सम्पर्क गरेको पाइएको छ । आइएमईका सञ्चालक अमरकुमार श्रेष्ठ र मैया श्रेष्ठ देश बाहिर रहेको बेला कर्मचारीले आइएमई सञ्चालन गरिरहेका थिए । बिहानै कर्मचारीलाई नियन्त्रणमा लिएर नगद र सुन लुटपाट गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप