पाठकद्वारा विवेकशील साझा पार्टीबाट राजीनामा
विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । उनले विवेकशील साझाबाट अलग भए तापनि विगत ५ वर्षमा प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेन्डा प्रवर्द्धन र स्थापित गर्न आफू आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘२०७४ सालमा विवेकशील साझा पार्टी स्थापना पश्चात् विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै आएकोमा म शरदराज पाठक आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गर्दछु।
विवेकशील साझा पार्टीबाट अलग हुँदै गर्दा यस पार्टीको तर्फबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार रहँदा म र पार्टीप्रति आशा र विश्वाससहित मतदान गर्नुहुने सम्पूर्ण मतदातालाई पुनः एक पटक हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
विवेकशील साझाबाट अलग भए तापनि विगत ५ वर्षमा हामीले प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेन्डा प्रवर्द्धन र स्थापित गर्न म आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने कुरा यस पार्टीका सम्पूर्ण आदरणीय सहकर्मी, पूर्व सहकर्मी एवम् मेरा शुभेच्छुक/शुभचिन्तकहरूलाई जानकारी गराउँछु।
पछिल्लो ५ वर्षको अवधिमा मलाई विभिन्न चरणमा सहयोग गर्ने, अमूल्य सल्लाह-सुझाव प्रदान गर्ने सम्पूर्ण महानुभावहरूसहित यो पार्टीमा विभिन्न भूमिकामा रही नेतृत्व गरेका सहकर्मीहरू र सदस्यहरूप्रति आभार प्रकट गर्दछु।
विवेकशील साझा पार्टीलाई अघि बढाउन हाल प्रयासरत अध्यक्षसहित सबै मित्रहरूलाई सफलताका लागि धेरै शुभकामना व्यक्त गर्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै