बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई हरायो

मङ्गलबार, १८ असोज २०७९, ०७ : ०२
मङ्गलबार, १८ असोज २०७९

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लेस्टरले नटिङ्घम फरेस्टलाई ४–० गोलले हरायो । 

लेस्टरका जेम्स म्याडिसनले दुई गोल गरे । उनले खेलको २५ औँ र ३५ औँ मिनेटमा गोल गरेका हुन् । त्यस्तै खेलको २७ औँ मिनेटमा हार्वे बार्नस र ७३ औँ मिनेटमा प्याट्सन डाकाले गोल गरे ।

जितसँगै लेस्टर सिटीले ८ खेलमा ४ अंक जोडेको छ । लेस्टर अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । समान खेलमा ४ अंक नै रहेको नटिङ्घम फरेस्ट पुछारमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप