शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हनुमानढोकामा दिइयो बोका र राँगाको बलि

मङ्गलबार, १८ असोज २०७९, ०९ : ३८
मङ्गलबार, १८ असोज २०७९

महानवमी पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ । आज दुर्गा भवानीको पूजा आराधना गर्नका साथै दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ । आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । त्यस्तै, घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

महानवमीमा कोतहरुमा कोतपूजा र निशाना पूजा पनि गरिन्छ । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । सोमबार बिहान नै हनुमानढोकामा पनि बोका र राँगाको बलि दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप