शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा लुटपाट गर्ने एक जना पक्राउ, दुईजना फरार

मङ्गलबार, १८ असोज २०७९, १० : ४४
मङ्गलबार, १८ असोज २०७९

रौतहटको गरुडा कटहरिया सडकखण्डमा लुटपाट गर्ने गिरोहका एक जना पक्राउ परेका छन् भने दुईजना फरार भएका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका-२ महम्मदपुरका २५ वर्षीय बृजनन्दन यादव रहेको तथा दुईजना फरार रहेको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंहले बताएका हुन् । 

कटहरिया-५ बहादुरपुरका सखिचन महरा चमार गरुडा, गंगापिपरा एरियामा परेवा बेचेर साइकल चढेर  घर तर्फ गइरहेका बेला गत राति ८ बजे जलैया चौकमा पुल नजिकै तीन जनाको समूहले  चमारलाई कुटपिट गरी उनीसँग रहेको ५५ हजार रुपैयाँ लुटेका थिए ।  पीडित चमारले गुहार माग्दै रोई कराई गर्दा स्थानीय केही मानिस दौडेर त्यहाँ पुग्दा लुटेरा मध्येका दुईजना उनीहरूको आफ्नै मोटरसाइकलमा फरार भएको तथा बृजनन्दन यादव भने पक्राउ परेको सई सिंहले जानकारी दिए । 

पक्राउ परेका यादवलाई प्रहरीले  आवश्यक कारबाहीको लागि राति नै इलाका प्रहरी कार्यालय गरुडा पुर्‍याएको थियो । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी वरुण सिंहले यादव नियन्त्रणमा रहेको तथा सोधपुछ भइरहनु बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप