शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९८ पुग्यो

मङ्गलबार, १८ असोज २०७९, १८ : २१
मङ्गलबार, १८ असोज २०७९

देशभर १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १२७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ६६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको मृत्यु भएको छैन । महामारीमा हालसम्म देशमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ३ हजार ६८९ जनाले खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप