प्रचण्डलाई चितवन नछोड्न गठबन्धन दलको आग्रह (निर्णयसहित)
सत्ता गठबन्धन ५ दलका नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन नछाड्न आग्रह गरेका छन् । केही दिनयता प्रचण्डले चितवन छाडेर गोरखाबाट चुनाव लड्ने समाचार प्रकाशित भएपछि चितवनस्थित गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जसपा र जनमोर्चाका नेताहरूको आज बसेको बैठकले प्रचण्डलाई चितवन नछाड्न आग्रह गरेका हुन् ।
अघिल्लो निर्वाचनमा प्रचण्ड चितवन ३ बाट निर्वाचित भएका थिए । उनीहरूले संविधान, लोकतन्त्र र विकासका लागि प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक भन्दै चितवनलाई अभिभावकीय भूमिका निर्वाचन गर्न आग्रह समेत गरेका छन् । मंगलबार बसेको बैठकपछि संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनाल, माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एसका अध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विष्णु पौडेल र जसपाका अध्यक्ष प्रेमराज भुजेलले यस्तो आग्रह गरेका हुन् । केही दिनयता अध्यक्ष प्रचण्ड चितवन छाडेर गोरखाबाट निर्वाचन लड्ने समाचारहरू आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा