बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए अमेरिकाद्वारा भर्जिनियामा कार्यालय खरिद

बुधबार, १९ असोज २०७९, ०७ : ०७
बुधबार, १९ असोज २०७९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका (एनआरएनए एनसिसि अमेरिका)ले आफ्नो मुख्यालय स्थापना गर्न भर्जिनियाको फेयरफ्यासमा कार्यालय खरिद गर्दै औपचारिक रुपमा सम्पत्ति आफ्नो नाममा नामसारी गरेको छ ।

नेपालीहरुको महान चाड बडादसैँको नवौ दिन महानवमीको शुभ साइतमा अक्टोबर ४ ,मंगलबारको दिन आफ्नै कार्यालयमै सार्वजनिक रुपमा सम्पत्ति नामसारी गर्न सफल भएको छ । नामसारी गर्दै इतिहास कोर्न सफल भएको छ । ८० भन्दा ज्यादा राष्ट्रिय समन्वय समिति मध्ये आफ्नै सम्पत्ति आफ्नै नाममा नामसारी गर्दै भावी नेतृत्व र भावी पुस्ताको लागि सम्पत्ती जोडी दिएको छ ।

भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा अवस्थित उक्त एनआरएनए अमेरिकाको कार्यालय अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिक रहेको छ । आज नामसारी गर्नुको साथै २ लाख ८८ हजार डलरको धनादेश (चेक)हस्तान्तरण गर्दै एनआरएन एनसीसीका अध्यक्ष बुद्धि सुबेदीले चाबी प्राप्त गरेका छन् ।

सबै रकम चुक्ता भएको छ । अब भावी नेतृत्व तथा पुस्ताको थाप्लोमा कुनै ऋणको बोझ पर्ने छैन । १५ सय स्क्वायरको क्षेत्र रहेको उक्त सम्पत्तिमा ५ वटा कोठाहरु रहेका छन् । साथै ६० जना सम्मको बैठक गर्न सकिनेछ ।

सम्पतीको नामसारी गर्ने कार्यकम महानवमी पर्वमा पनि बिभिन्न राज्यहरुबाट पदाधिकारीहरु आएका थिए । यस भवनको पहिलो तलामा एनआरएनए एनसीसी अमेरिकाको आफ्नो स्थायी कार्यालय आजैको मिति देखि प्रारम्भ भएको छ ।

एनआरएन एनसीसी अमेरिकाको कार्यालयको लागी स्थायी थलो खरिद गर्न अथक मेहनत गर्ने सामाजिक अभियन्ता तथा घरखरिद तथा बिक्री अभिकर्ता (रियल्टर) राम मिश्र ,एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सूबेदी, वरिष्ठ उपाध्यक्ष तथा कार्यालय खरिदका संयोजक  कृष्णजीबी पन्थ, कोषाध्यक्ष राजीव श्रेष्ठ ,उपाध्यक्ष सुमन थापा, आईसिसिका सचिव राजन त्रीपाटी ,उपाध्यक्ष दिलू पराजुली ,सचिव अनुप खनाल ,अभियानका बिशेष व्यक्तिहरु र सल्लाहकारहरुको समेत उपस्थिति रहेको थियो ।

त्यहाँ उपस्थिति ,एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सूबेदी, वारिष्ठ उपाध्यक्ष  कृष्णजीबी पन्थ , कोषाध्यक्ष राजीव श्रेष्ठ लगायत सबैले कार्यालय खरिद गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।

यो सम्पत्ति सबैको लागि प्रेरणाको श्रोत हो भन्दै सानो भयो की भन्ने सुझावहरु समेत आएकोले अहिले सँस्थालाई आर्थिक भार दिनु हुदैन भनेर समितिको सिफारिसमा यसैलाई रोजेको अध्यक्ष सुबेदीले बताए ।

यसै गरि वरिष्ठ उपाध्यक्ष पन्थले मन्तव्य राख्दै  यो एउटा अभियान हो कसैले सानो मन गर्नु हुँदैन ,र भावनाको कार्यालयमा जोडिन आग्रह गरे । कोषाध्यक्ष राजीव श्रेष्ठले ३ महिना देखि अहोरात्र खटेको हुनाले खरिद गरे पछि आज राहत भएको महसुस गरेको बताए ।

आईसिसिका सचिव राजन त्रीपाटीले यस अभियानमा जोडिने र घरखरिद तथा बिक्रि अभिकर्ता (रियल्टर)राम मिश्रले अहोरात्र खटिइ काम गरेकोमा सबैलाई धन्यबाद दिदै उनको प्रशंसा गरे ।

उनले हाम्रो भन्ने अभियान चलाएर खरिद गर्न सफल भएकोमा सबैलाई बिशेष धन्यवाद दिए । राम मिश्राले आफूलाई काम जिम्मेवारी दिएकोमा एनआरएनए अमेरिका तथा अध्यक्ष बुद्धि सुबेदीलाई धन्यबाद दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप