बार्सिलोना इन्टर मिलानसँग पराजित
च्याम्पियन्स लिगअन्तर्गत समूह सी को खेलमा बार्सिलोना इन्टर मिलानसँग १-० ले पराजित भएको छ। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हकान चाल्हनोलुको निर्णायक गोलमा इन्टरले जित निकाल्यो ।
खेलमा बार्सिलोनाले गरेको एक गोलले मान्यता पाएन । यस्तै, इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टीको अपिल गरे पनि भिएआरले त्यसलाई अस्वीकृत गरेको थियो । ६६औं मिनेटमा पेड्रीको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो । तर, भिएआरमा अंशु फातीको ह्यान्ड भएको भन्दै सो गोललाई मान्यता दिइएन ।
इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । इन्टरका डेन्जल डम्फायर्सले पेनाल्टी बक्समा ह्यान्ड गरेको भन्दै बार्सिलोनाले पेनाल्टीको अपिल गरेको थियो । तर, भिएआरले त्यसलाई पनि अस्विकृत गरेको थियो ।
समूह ‘सी’ मा इन्टर ६ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको बायर्न म्युनिख भन्दा तीन अंक कम हो । बार्सिलोना भने तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ । भिक्टोरिया प्लिजेनले भने खाता खोल्न सकेको छैन ।
बार्यनले समूह सी मा अपराजित यात्रा कायम राख्ने क्रममा प्लिजेनमाथि ५-० को जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह
-
सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज