भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित
दक्षिण अफ्रिकाले भारतबिरुद्धको तीन खेलको टी - २० शृंखलाको अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ४९ रनले पराजित गर्यो । तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको दक्षिण अफ्रिकाले भारतलाई १८.३ ओभरमा एक सय ७८ रनमा रोक्दै जित हासिल गर्यो ।
दक्षिण अफ्रिकाका ड्वाइन प्रेटोरियसले तीन विकेट लिए भने वायन पार्नेल, लुंगी एनगिडी र केशव माहाराजले दुई–दुई विकेट लिए । कागिसो रावाडाले एक विकेट लिए ।
घरेलु टोलीका लागि दीनेश कार्तिकले बनाएको ४६ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । यस बाहेक दीपक चहरले ३१, ऋषव पन्तले २७, उमेश यादवले अविजित २० तथा हर्षल पटेलले १७ रन बनाए ।
यसअघि रिले रुसोले अविजित सतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २७ रनको योगफल तयार पार्यो ।
४८ बल खेलेका रुसोले आठ छक्का र सात चौकासहित अविजित सय रनको इनिङ खेले । ओपनर क्विन्टन डी ककले ६८ रन बनाए । डी ककले ४३ बलमा चार छक्का र ६ चौका प्रहार गरेका थिए ।
दक्षिण अफ्रिकाका लागि ट्रिस्टान स्टब्सले २३ तथा डेविड मिलरले अविजित १९ रनको योगदान गरे । स्टब्सले १८ बलमा एक छक्का र दुई चौका प्रहार गर्दा पाँच बल खेलेका मिलरले तीन छक्का हाने ।
भारतका दीपक चहर र उमेश यादवले एक–एक विकेट लिए ।
भारतले पहिलो दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको थियो । पहिलो टी २० अन्तर्राष्ट्रियमा १६ रनको जित हासिल गरेको घरेलु टोली भारतले दोस्रो खेल आठ विकेटले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ