ब्राड पिटले आफू र बच्चाहरूलाई निजी विमानमा आक्रमण गरेको एन्जेलिना जोलीको आरोप
एन्जेलिना जोलीले आफ्नो पूर्व पति ब्राड पिटले आफू र आफ्ना छोराछोरीलाई एक निजी विमान यात्रामा कुटपिट गरेको आरोप लगाउँदै सो घटनापछि आफूले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गर्ने विचार गरेको बताएकी छन्।
सन् २०१६ को भ्रमणका क्रममा पिटले उनको टाउको समातेर आफ्ना दुई बच्चालाई आक्रमण गरेको जोलीले बताइन्। फ्रान्सबाट लस एन्जलसको यात्रामा पिटले आफ्नो परिवारलाई दुर्व्यवहार गरेको र मदिरा फ्याँकेको उनको आरोप छ ।
यद्यपि, पिटले यी आरोपहरू अस्वीकार गर्दै आएका छन्। पिटको नजिकको स्रोतले बीबीसीलाई जोलीको दाबी गलत भएको बताए। उनले ६ वर्षअघिको घटनाको वर्णन दोहोर्याएको जुन पूर्णतया गलत भएको पिटको भनाइ छ ।
जोलीले आफ्नो अघिल्लो अदालत कागजातमा १४ सेप्टेम्बर २०१६ उडानको घटनाको पनि विवरण दिएकी थिइन्, जुन उनीहरूको सम्बन्ध विच्छेदमा पनि उल्लेख गरिएको थियो, तर त्यसमा दुर्व्यवहारको बारेमा मात्र कुरा गरिएको थियो।
जोलीको कानुनी टोलीले मंगलबार लस एन्जलसमा एउटा नयाँ मुद्दा दायर गरेको छ, जसमा आक्रमणको पनि कुरा गरिएको छ। यो कानुनी मुद्दा दक्षिणी फ्रान्सको एउटा घर र वाइनयार्डसँग सम्बन्धित छ जुन जोली र पिटले सँगै किनेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाभित्रको कलहका बिच कैलाश चौधरी कसरी बने भौतिक मन्त्री ?
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर