शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री सिंहले छाडे जसपा

बुधबार, १९ असोज २०७९, १५ : ३३
बुधबार, १९ असोज २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीति समितिका सदस्य शत्रुधन प्रसाद सिंहले पार्टीबाट राजीनामा दिएका छन्। पार्टी पाँच दलीय गठबन्धनको नाममा मधेसी जनताको भावना विपरीत अघि बढेको आरोप लगाउँदै स‌ंविधानसभा सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका सिंहले प्रेस वक्तव्य मार्फत साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन्।

सिंहद्वारा जारी विज्ञप्तिमा ‘पछिल्लो समय पाँच दलीय गठबन्धनको नाममा पार्टीले मधेसी जनताको भावना विपरीत मधेसको अस्तित्व नै धरापमा पार्ने गरी कार्यहरू गरेका हुनाले लामो संघर्षपछि बचाइराखेको पार्टीको आस्था र भावना विपरीत कार्यकर्ताको मन मस्तिष्कमा पुर्‍याएको चोट सहन गर्न नसकै कारण आजकै दिनबाट साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु।

चुनाव घोषणा भएलगत्तै  सिरहाको निर्वाचन क्षेत्र नम्बर २ बाट सिंहले उम्मेदवारी घोषणा गरे पनि गठबन्धनमा नेपाली काँग्रेसको भागमा सो क्षेत्र परेको छ। आफू उठ्ने क्षेत्र पार्टीको भागमा नपरेपछि उनी निकटका नेता कार्यकर्ताले राजीनामा दिने सिलसिला चलेको छ। 

चुनाव जसरी भए पनि लड्ने मुडमा रहेका सिंहको समूह नेकपा एमाले प्रवेश गरेर चुनाव लड्ने चर्चा छ। नेकपा एमाले प्रवेश गरेर चुनाव लड्ने सम्बन्धमा सिंहसँग प्रतिकृया लिँदा उनले आफू तत्कालै अन्य पार्टी प्रवेश गर्ने निर्णयमा पुगि नसकेको बताए। उनले भने, ‘म स्वतन्त्र वा कुनै पार्टी प्रवेश गरेर चुनाव लड्ने, नलड्ने निर्णयमा पुगेको छैन। आजै साथीहरूलाई छलफलको लागि बोलाएको छु। छलफलपछि मात्र निर्णयमा पुग्छु।’ सिंहले भोलि बिहीबारसम्ममा हाम्रो निर्णय हुने बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप