शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतको गृह मन्त्रालयद्वारा १० जनालाई आतंकवादी घोषणा

बुधबार, १९ असोज २०७९, १६ : २८
बुधबार, १९ असोज २०७९

भारतको केन्द्रीय गृह मन्त्रालयले हिजबुल मुजाहिद्दीन, लस्कर-ए-तैयबा र अन्य प्रतिबन्धित संगठनका कुल १० सदस्यहरूलाई गैरकानूनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गत आतंकवादी घोषणा गरेको छ।

यस १० जनाको सूचीमा समावेश नामहरुमा साजिद जट (पाकिस्तानी नागरिक), बासित अहमद रेशी (मूल रूपमा काश्मिरको बारामुल्ला, हाल पाकिस्तानमा), इम्तियाज अहमद कान्डु उर्फ ​​सज्जाद (सोपोर, कश्मीरका निवासी तर अहिले पाकिस्तानमा बस्छन्), जफर इकबाल उर्फ ​​साली (मूल रूपमा पुन्चबाट तर हाल पाकिस्तानमा), र पुलवामाका बासिन्दा शेख जमील-उर-रहमान उर्फ ​​शेख साहब छन् ।

साथै बिलाल अहमद बेग उर्फ ​​बाबर (श्रीनगर निवासी, तर हाल पाकिस्तानमा बस्ने), रफिक नाइ उर्फ ​​सुल्तान (पुंछ निवासी), डोडा निवासी इरशाद अहमद उर्फ ​​इद्रिस, कुपवाडाका निवासी बशीर अहमद पीर र बारामुल्लाका शौकत अहमद शेख उर्फ ​​शौकत मोची छन् जो हाल पाकिस्तानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप