बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा अहिले पनि दिनमा ३४ हजार भन्दा बढी कोरोना सङ्क्रमित

बुधबार, १९ असोज २०७९, १६ : ३७
बुधबार, १९ असोज २०७९

दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ ।

यहाँ अघिल्लो दिनमात्र १६ हजार जनामा मात्र कोरोनाका सङ्क्रमित पाइएकामा बुधबार ३४ हजार भन्दा बढी देखिएको हो । यहाँ अघिल्लो हप्ता दैनिक करिब २४ हजार जनामा सङ्क्रमण भएको बताइएकामा बुधबार यसमा बृद्धि भएको हो ।

पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ ।त्यसैगरी यहाँ यो महामारीको सुरुआतदेखि अहिलेसम्म नै दुई करोड भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप