मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वसाधारणद्वारा एकान्त कुमारीको हातबाट टीका ग्रहण

बुधबार, १९ असोज २०७९, १८ : ०२
बुधबार, १९ असोज २०७९

विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ । 

एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका हुन् । कुमारीको हातबाट टीका लगाए पछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताउनुभयो । कुमारीले साइतको टीका लगाए पछि कुमारीको हातबाट टीका लगाउन सर्वसाधारण तलेजु पुगेका छन् ।

अपरान्ह् चार बजेदेखि सर्वसाधारणका लागि टिका लगाउन खुल्ला गरिएको हो । साँझ छ बजेसम्म कुमारीले टीका लगाइदिने भएपछि सर्वसाधारण टीका लगाउन कुमारी घर पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप