बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल थाइल्यान्डसँग पराजित

बुधबार, १९ असोज २०७९, १८ : ०३
बुधबार, १९ असोज २०७९

 एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० ले पराजित भएको छ । भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे । 

३०औं मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले अग्रता लियो । ६५औं मिनेटमा तातावानको व्यक्तिगत दोस्रो गोल गर्दा २-० को अग्रता बनायो । ७८औं मिनेटमा थानाक्रितले थाइल्यान्डका लागि तेस्रो गोल गरे । 

समूह ‘एफ’मा रहेको नेपालले शुक्रबार दोस्रो खेलमा घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप