राम बन्न डराएका थिए प्रभास
अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ । यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन् । उनका अनुसार फिल्मका लागि उनले निकै मेहनत गरेका छन् । प्रभासले आफूले रामको चरित्र निभाइरहँदा धेरै डराएको खुलाएका छन् ।
‘म प्रभु रामको भूमिका निर्वाह गर्दा निकै डराएको थिएँ । तीन दिनपछि मैले ओम राउतलाई फोन गरेर यदि मबाट केही गल्ती भयो भने...। धेरै माया, सम्मान र डरसँगै हामीले यो फिल्म पुरा गर्यौ । यो सबै काम भगवान रामको कृपाले नै सम्भव भयो’, उनले भनेका छन् ।
फिल्ममा प्रभासको अपोजिटमा कृति सेननले अभिनय गरेकी छन् । फिल्म आगामी वर्षको १२ जनवरीमा रिलिज हुँदैछ । फिल्मले भगवान रामको गाथा बोल्नेछ । टिजर सार्वजनिक भएपछि फ्यानहरुले फिल्म बहिस्कारको माग गरिरहेका छन् । उनीहरुले फिल्ममा रावण बनेका सैफ अली खानको लुक्स देखेर निराश बनेको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा भए कतारका अमिर, तस्बिरमा हेर्नुहोस्
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
-
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश