शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो टी–२० खेलमा अस्ट्रेलिया विजयी

बुधबार, १९ असोज २०७९, २० : ५९
बुधबार, १९ असोज २०७९

अस्ट्रेलियाले पहिलो टी–२० खेलमा वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य अस्ट्रेलियाले ७ विकेटको क्षतिमा पछ्यएको हो ।

अस्ट्रेलियालाई जीत दिलाउन कप्तान एरोन फिन्चले ५८ रनको योगदान दिए । म्याथ्यू वेडले नटआउट रहँदै ३९ रन बनाएर टोलीलाई जीतसम्म डोर्‍याए । वेस्ट इन्डिजका लागि सेल्डन कोट्रेल र अल्जारी जोसेफले २–२ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेका वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कायल मायर्सले ३९ रन तथा ओडेन स्मीथले २७ रनको योगदान दिए । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ३ तथा मिचेल स्टार्क र प्याट कमिन्सले २–२ विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप