शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग : रियलको शत प्रतिशत नतिजा कायमै

बिहीबार, २० असोज २०७९, ०७ : १२
बिहीबार, २० असोज २०७९

सान्टियागो बर्नेबाउमा साख्तार डोनेस्कमाथि २–१ को सङ्घर्षपूर्ण जीत हासिल गर्दै रियल मड्रिडले यो सिजन च्याम्पियन्स लिगमा आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । 

साबिक विजेताले खेलको सुरुवातमा नियन्त्रण बनाउँदै खेलको १३ औँ मिनेटमा रोड्रिगोको गोलको मद्दतले अग्रता लिएको थियो । २८ औँ मिनेटमा भिनिसियस जुनियरले टोलीको अग्रता दोब्बर बनाए । तर ३९ औँ मिनेटमा ओलेक्सान्डर जुबोकले एक गोल फर्काएपछि रियल दबाबमा परेको थियो ।

दोस्रो हाफमा कुनै गोल हुन सकेन र रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । समूह एफको अन्य खेलमा आरबी लेइपजीगले सेल्टिकलाई ३–१ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप