मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको गोलका बाबजुद रोकियो पीएसजी

बिहीबार, २० असोज २०७९, ०७ : २१
बिहीबार, २० असोज २०७९

लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै पेरिस सेन्ट जर्मेनलाई अग्रता दिलाए पनि टोली बेनफिकासँग अङ्क बाँड्न बाध्य बनेको छ । च्याम्पियन्स लिगको समूह एक अन्तरगतको खेल १–१ को बराबरीमा सकिएको हो ।

मेस्सीले खेलको २२ औँ मिनेटमा नेयमार र किलियान एम्बाप्पेसँग पास मिलाउँदै टोलीलाई अग्रता दिलाएका थिए । तर, ४१ औँ मिनेटमा डानिलो परेराले आत्मघाती गोल गरेपछि खेल बराबरी हुनपुग्यो ।

३ खेलपछि दुवै टोलीको सात अङ्क रहेको छ । उता समूहको अन्य खेलमा युभेन्टसले माकाबी हाइफालाई ३–१ गोलले हरायो । यो सिजन प्रतियोगितामा इटालियन टोलीको पहिलो जीत हो । युभेको जीतमा एड्रियन राबियोले दुई तथा डुसान भ्लाहोभिचले एक गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप