पश्चिम बंगालमा एक्कासी बाढी, मूर्ति विसर्जन गर्न गएका ७ को मृत्यु , कयौँ बेपत्ता
बिहीबार, २० असोज २०७९, ०८ : ३८
पश्चिम बंगालको जलपाईगुडी जिल्लामा बुधबार साँझ मूर्ति विसर्जनका क्रममा आएको बाढीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार जलपाईगुडीका एसपी देवर्षि दत्तले धेरै मानिस नदीमा फसेको र धेरै मानिस बगेको जानकारी दिएका छन् । हालसम्म ७ जनाको शव फेला परेको र एनडीआरएफ र सिभिल डिफेन्स टोली उद्धार कार्यमा संलग्न छन्।
घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पीएम मोदीले ट्वीट गर्दै लेखेका छन्, ‘पश्चिम बंगालको जलपाईगुडीमा दुर्गा पूजाको पर्वमा भएको दुर्घटनाले मेरो मन दुखेको छ । म यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दछु।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने