कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बिहीबार, २० असोज २०७९, ११ : १७
कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुनर्वासबाट डोकेबजारतर्फ जाँदै गरेको से७प ४७६५ नम्बरको मोटरसाइकल राति ११ बजे अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर पल्टिएको प्रहरी चौकी पराशन कञ्चनपुरले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरका २३ वर्षीय गुड्डु राना र मोटरसाइकलमा पछाडी सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का २२ वर्षीय बिशाल रानाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ