बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

बिहीबार, २० असोज २०७९, १३ : ०२
बिहीबार, २० असोज २०७९

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटका लागि शीर्ष नेताको बैठक बालुवाटारमा चलिरहेको छ ।

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने छ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज पनि बैठक चलिरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेद्वारी दर्ता कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी उम्मेदवार तय गर्नुपर्ने 
 गठबन्धनलाई दबाब छ । बैठकमा  गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्य पनि सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप