बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त

बिहीबार, २० असोज २०७९, १३ : १५
बिहीबार, २० असोज २०७९

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हुँदैछ । उनीहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो । प्राज्ञ परिषद्का अन्य नौ सदस्यको कार्यकाल भने आगामी पुस १ गते सकिनेछ ।

प्राज्ञ डा देवी नेपालका अनुसार रिक्त पदमा उपकुलपति डा जगमान गुरुङले निमित्त कुलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले निमित्त सदस्यसचिवको कार्यभार वहन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप