शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा भारी वर्षा, अधिकांश स्थान जलमग्न

बिहीबार, २० असोज २०७९, १७ : ३०
बिहीबार, २० असोज २०७९

कैलालीमा बिहीबारदेखि भारी वर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको छ । वर्षाका कारण दशैको टिका थाप्न हिँडेका नागरिक समेत अलपत्र परेको छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षतिको विवरण भने आएको छैन । ‘अहिले सम्म वर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सबै क्षेत्रको विवरण बुझ्न टोली परिचालन गरिएको छ ।’

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेश गरेको छ । जसका कारण बिहीबार देखि शनिबारसम्म नै अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

‘बिहीबार रातिदेखि सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् सञ्जिव अधिकारीले भने, ‘शुक्रबार प्रदेशका धेरै स्थानमा वर्षा हुने र शनिबार अधिकांश स्थानमा वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।’ सुदूरपश्चिममा आगामी सोमबार सम्म नै मौसम प्रतिकुल रहने अनुमान गरिएको उनले बताए ।–न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप