बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बारा दुर्घटना : घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न एमालेको माग

बिहीबार, २० असोज २०७९, २० : २०
बिहीबार, २० असोज २०७९

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्ज सडक खण्डमा बस दुर्घटनाप्रति नेकपा एमालेले दु:ख व्यक्त गरेको छ । दुर्घटनामा परी १६ जना यात्रुको मृत्यु भएको घटनाको यस दुखद घडीमा मृतकहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामनाका साथै उचित उपचारको व्यवस्था गर्न माग समेत गरेको छ । 

केन्द्रीय प्रचार विभागका  उपप्रमुख विष्णु रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडका बेला दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेकाले यति ठुलो मानवीय क्षति भएको छ । सडकलाई सुरक्षित बनाउन यस्ता दुखद घटनाबाट पाठ सिक्दै आवश्यक काम गर्न हाम्रो पार्टी सरकारी निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप