बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा एमालेसँग नजिकिएपछि बाबुरामको प्रतिक्रिया -'राजनीतिलाई व्यापारमा झार्ने काम भयो'

शुक्रबार, २१ असोज २०७९, ०७ : ५५
शुक्रबार, २१ असोज २०७९

प्रत्यक्षतर्फका उम्मेदवारी दर्ताको समय नजिकिएसँगै दलहरु भागबण्डालाई अन्तिम रुप दिन जुटेका छन् । सिट बाँडफाँटमा सहमति नजुट्दा सत्ता गठबन्धन टुक्रिने खतरा बढेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने साना दलहरूलाई एकीकृत गर्न जुटेको छ । 

गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी एमालेसँग सहकार्यको तयारीमा जुटेपछि सत्ता गठबन्धन फुट निकट पुगेको हाे । जसपा एमालेसँग सहकार्य गर्ने तयारीमा जुट्दै गर्दा सोही पार्टीका पूर्व अध्यक्ष डा बाबुराम भट्टराईले भने व्यंग्य कस्न भ्याएका छन् । 

हाल नेपाल समाजवादी पार्टीको अध्यक्ष रहेका डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -'चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ। एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं!'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप