बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिकले अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने

शुक्रबार, २१ असोज २०७९, ०८ : ४६
शुक्रबार, २१ असोज २०७९

अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गर्ने भएका छन् । जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्न सक्ने बताइएको छ । 

क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वनस्पति विज्ञ ब्रेट विलियम्सले निजी इजरायली चन्द्र अभियान अन्तर्गतको बेरेशिट २ अन्तरिक्ष यानले बिउ बोक्न बताएका छन् । 

यान अवतरणपछि सिल गरिएको कक्षभित्र बिउलाई पानी दिइनेछ । बीज अङ्कुरण र वृद्धिको संकेतबारे निरन्तर निगरानी गरिनेछ । चरम परिस्थिति राम्रोसँग सामना गर्न सक्ने र चाँडो अङ्कुरण हुने विरुवा छनोट गरिने उनले बताए । एउटा सम्भावित छनोट भनेको अष्ट्रेलियाको ‘पुनरुत्थान घाँस’ हो जुन निष्क्रिय अवस्थामा पानीबिना बाँच्न सक्छ ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप