बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खुल्यो काठमाडौं उपत्यकाको आकाश

शुक्रबार, २१ असोज २०७९, ०९ : ५३
शुक्रबार, २१ असोज २०७९

देशका अधिकांश स्थानमा वर्षा हुँदा दसैँकाे बेला जनजीवन प्रभावित भयो । सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा अहिले पनि वर्षा जारी छ । तर काठमाडौं उपत्यकामा भने आज बिहानैदेखि मौसममा सुधार आएको छ । 

बिहानैदेखि उपत्यकाको आकाश खुलेर घाम लागिरहेको छ । मौसममा सुधार आएसँगै दसैँको अवसरमा टीकाटालोका लागि आफन्तकोमा जानेहरुले राहतको महसुस गरेका छन् । 

काठमाडौं उपत्यकामा आकाश खुलेपनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै  र लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप