बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कतारको विश्वकप मेरो अन्तिम हुनेछ : मेस्सी

शुक्रबार, २१ असोज २०७९, १० : ३०
शुक्रबार, २१ असोज २०७९

लियोनेल मेस्सीले कतारमा आयोजना हुने विश्वकप आफ्नो अन्तिम हुने बताएका छन् । ३५ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनासँग पछिल्ला ४ विश्वकपमा सहभागिता जनाएका छन् । यसक्रममा १९ खेलमा उनले ६ गोल गर्नुका साथै ५ वटा गोलको अवसर सिर्जना गरेका छन् ।

सन् २०१४ मा अर्जेन्टिना उपविजेता बनेको थियो भने सन् २०२१ मा उनले टोलीलाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । मेस्सीले जित्न बाँकी उपाधि भनेको विश्वकप नै हो ।

‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो,’ ईएसपीएनसँग कुराकानी गर्दै उनले भने, ‘म विश्वकप आउने दिन गन्दै बसिरहेको छु । यहाँ उत्साह र चिन्ता दुवै छ । प्रतियोगिता कस्तो हुने हो ? कसरी अगाडि बढ्ने हो ?’

सन् २००५ मा अर्जेन्टिनाका लागि डेब्यु गरे यता उनले टोलीका लागि १६४ खेलमा ९० गोल गरेका छन् । पाँचौँ विश्वकपमा भाग लिँदै गर्दा उनले डिएगो म्याराडोना र ह्याभिएर मास्चेरानोको कीर्तिमानलाई उछिन्नेछन् ।

फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना समूह सीमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्डसँग रहेको छ । ‘विश्वकपमा जे पनि हुन सक्छ । सबै खेल कठिन हुन्छन् । प्रतियोगिता जित्ने भनिएका टोलीले सधैँ जित्दैनन्,’ मेस्सीले भने, ‘अर्जेन्टिना सधैँ विश्वकपको दाबेदार रहँदै आएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप