आफ्नो मृत्युको खबरबारे के भन्छन् उदित नारायण ?
बलिउडका चर्चित गायक उदित नारायणको हृदयघातको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो खबर आएपछि उदितका फ्यानहरु निकै चिन्तित बनेका छन् । मानिसहरु उनको स्वास्थ्य कस्तो छ भन्ने जान्न चाहिरहेका छन् । यसअघि नै उदित नारायणका म्यानेजरले हृदयघातको खबरलाई अस्वीकार गरेका थिए ।
यता उदित नारायणले नै सञ्चारमाध्यमसँगको कुराकानीमा सो समाचार गलत भएको बताए । उनले भने-'हार्ट अट्याकको खबर सरासर गलत हो, म धेरै हाँस्छु भने मलाई कसरी हार्ट अट्याक हुन्छ ?'
गायकले थप भने- 'म हाँस्दै छु, दसैँको अवसरमा यस्ता नकारात्मक हल्लाले मेरो उमेर बढाएको छ । हिजो मात्र दिपालीले मलाई फोन गरेर भनिन्, तिम्रो लागि एउटा नराम्रो खबर छ, मानिसहरूले मलाई फोन गरेर, मेसेज गर्दै तिम्रो हृदयघातको बारेमा सोधिरहेका छन् ।’
उदित नारायणले धेरै पटक मानिसहरुका बारेमा यस्ता अफवाहहरु फैलिने गरेको बताउँदै यस्तो सुन्दा दु:ख लाग्ने बताए । उनले भने, ‘मैले बुझिनँ किन कसैले यस्तो गरेको होला।’
उदित नारायणका म्यानेजरले भने, ‘हामीलाई लाग्छ यो अफवाह नेपालबाट फैलिएको हो । किनभने जुन नम्बरबाट यो म्यासेज पठाइएको छ, त्यसको कोड नेपालको हो।’ यो अफवाहका कारण गायक आफैं पनि निकै दु:खी भएको म्यानेजरले बताए । उनका अनुसार उदित नारायण अहिले पूर्णरुपमा स्वस्थ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र
-
मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन