बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

असई यादव मृत फेला

शुक्रबार, २१ असोज २०७९, १० : ५५
शुक्रबार, २१ असोज २०७९

सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) बिहीबार दिउँसो भारतीय भूमिमा मृत फेला परेका छन् । असई सत्यनारायण यादव सिमावर्ती विहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा ग्राम पंचायत अर्नाहास्थित घोडदह खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिएका छन् । 

उनका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको हो । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।

‘सशस्त्र प्रहरीबाटै पाएको प्रारम्भिक जानकारीअनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको छ ।  शवको टाउकोमा चोट देखिएको छ । आजबाट थप अनुसन्धान थाल्ने उनको भनाइ रहेको छ ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले तत्कालै केही भन्न सकिने अवस्था नरहेको बताए । उनले नेपाल प्रहरीको अनुसन्धानपछि सत्य तथ्य जानकारीमा आउने बताए । सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गतेदेखि बिदामा बसेका थिए । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप