एमाले–राप्रपा तालमेलबारे बालकोटमा १ बजे छलफल
शुक्रबार, २१ असोज २०७९, ०८ : ००
नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्न आज शुक्रबार दुई दलका शीर्ष नेताबीच छलफल हुने भएको छ । छलफलका लागि अध्यक्ष ओलीले दिउँसो १ बजे समय दिएको राप्रपाका नेताहरूले बताएका छन् ।
राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले दिउँसो १ बजे वार्ताको समय मिलाएको र आफूहरू ओली निवास बालकोट जाने तयारीमा रहेको बताए । ‘आज १ बजे वार्ता हुँदैछ । त्यसका लागि अध्यक्षसहित हामी बालकोट जाँदैछौँ’, उपाध्यक्ष तामाङले भने, ‘कति सिट र कहाँ कहाँ तालमेल गर्ने भन्ने वार्तापछि टुङ्गो लाग्छ ।’
एमालेले आजै जसपासँग पनि चुनावी तालमेलको लिखित सहमति गर्दैछ । ‘एमालेले जसपा र राप्रपासँग चुनावी तालमेल गर्ने पक्का छ । त्यसका लागि दुवै दलसँग आज सहमति गर्ने तयारी छ’, एमालेका एक शीर्ष नेताले भने, ‘जसपा र राप्रपाबाहेकका अन्य शक्तिहरूसँग पनि कुरा भइरहेको छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने