बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नोराले फिफा विश्वकपमा प्रस्तुति दिने

शुक्रबार, २१ असोज २०७९, १२ : ०४
शुक्रबार, २१ असोज २०७९

नोरा फतेही ग्लोबल आइकन हुन् । नोरा आफ्नो डान्स मूभ्सका लागि विश्व भर परिचित छिन् । नोराले अब फिफा विश्वकपमा परफर्म गर्ने भएकी छिन् । उनले डिसेम्बरमा हुने फिफा विश्वकपमा आफ्नो नृत्य प्रस्तुत गर्नेछिन् । योसँगै उनी विश्व रंगमञ्चमा भारत र विशेष गरी दक्षिण पूर्व एसियाको प्रतिनिधित्व गर्ने एक्लो अभिनेत्री बनेकी छिन् ।

नोराले फिफाको उद्घाटन र समापन समारोहमा परफर्म गर्नेछिन् । यसका लागि उनले सम्झौता पनि गरिसकेकी छन् । मिडिया रिपोर्टका अनुसार नोराले समापन समारोहमा एक लोकप्रिय हिन्दी गीतमा नाच्ने छिन्।

नोरा हाल टिभी शो झलक दिखला जाको जजको रूपमा काम गरिरहेकी छिन् । यस बाहेक नोराले सिद्धार्थ र अजय देवगनको फिल्म थ्यांक गडमा पनि डान्स गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप