२० किलोग्राम चरेससहित ३ जना पक्राउ
शुक्रबार, २१ असोज २०७९, १३ : ५४
बारास्थित सशस्त्र प्रहरी गस्ती टोलीले एउटा अटो रिक्साबाट ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी १२ नम्बर हेक्वा मातहत बारा बेनौली सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको टोलीले आज बिहान पचरौता नगरपालिका ७ स्थित ना १ ह ६२३४ नम्बरको अटोबाट २० किलोग्राम लागु औषध चरेससहित तीन जनालाई पक्राउ परेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज नगवा टोलका ३० वर्षीय मुकेश श्रीवास्तब, वीरगन्ज छपकैयाका वर्ष १६ का मुस्तुफा देवान र अटो चालक बारा महागढिमाई नगरपालिका १ का वर्ष ३७ का मुस्ताज देवान रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरले बताएका छन् । बरामद चरेस र अटो सहित तिनै जनालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरी लाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै