मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीबाट वृद्धा गम्भीर घाइते

शुक्रबार, २१ असोज २०७९, १६ : ०१
शुक्रबार, २१ असोज २०७९

बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन् । पुर्चौँडी  नगरपालिका–८  डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती साउँद गम्भीर घाइते भएकी हुन् । 

गम्भीर घाइते साउँदलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई सुरजबहादुर चन्दले जानकारी दिनुभयो । खाना पकाइसकेपछि  भान्साकोठाबाट सल्किएको आगोले उनको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । घरमा आगो लागेको थाहा पाएकी साउँद भागेर बाहिर निस्किँदा जलेर घाइते भएकी प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप