यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई प्रदान

person explore access_timeअसोज २१, २०७९ chat_bubble_outline0

यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई प्रदान गरिएको छ। बेलारुसका मानवअधिकार अधिवक्ता एलेस बिलिआत्स्के अवार्डका लागि छनोट भएका छन् । नर्वेको राजधानी ओस्लोमा अवार्डको घोषणा गरिएको हो । ​एलेसको अतिरिक्त यो पुरस्कार रुसी मानव अधिकार संगठन मेमोरियल र नागरिक स्वतन्त्रताको लागि युक्रेनी मानव अधिकार संगठन केन्द्रलाई पनि दिइएको छ। यी दुवै संस्था मानव अधिकारका लागि काम गर्छन्।


एलेसले सन् १९८० मा बेलारुसको तानाशाही विरुद्ध लोकतन्त्र आन्दोलन सुरु गरेका थिए । आजसम्म उनी आफ्नै देशमा साँचो लोकतन्त्रको पुनर्स्थापनाको लडाइँ लडिरहेका छन् । बेलारुसका राष्ट्रपति लुकासेन्को रुस–युक्रेन युद्धमा भ्लादिमिर पुटिनको साथमा छन् । एलेसले भिसाना नामक संस्था बनाए। यस संस्थाले जेलमा रहेका लोकतन्त्रका समर्थकहरूलाई कानुनी सहायता उपलब्ध गराउँछ। उनी सन् २०११ देखि २०१४ सम्म जेलमा रहे। उनी २०२० मा फेरि पक्राउ परे र अझै जेलमा छन्।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।