शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तराखण्ड हिमपहिरो : मृत्यु हुनेको संख्या २६ पुग्यो

शुक्रबार, २१ असोज २०७९, १६ : ११
शुक्रबार, २१ असोज २०७९

उत्तराखण्डको द्रौपदीको डाँडा–२ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । नेहरू पर्वतारोहण संस्थान (एनआईएम) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हिमपहिरोका कारण दुई प्रशिक्षक र २७ प्रशिक्षार्थीसहित २९ जना बेपत्ता परेको जनाएको छ ।

२६ जनाको शव फेला परेपछि बाँकी ३ जनाको खोजी कार्य जारी रहेको छ । एनआईएमका अनुसार अक्टोबार ४ तारिखमा कुल चार शव फेला परेको थियो जसमा दुई प्रशिक्षक र दुई प्रशिक्षार्थी थिए । अक्टोबार ६ मा १५ प्रशिक्षार्थीको शव र ७ तारिखमा मा ७ प्रशिक्षार्थीको शव निकालिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप